अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान
बुधवार, बैसाख १८ गते
। म्याग्दी न्युज संवाददाता
बेनी बुधबार बैशाख १८ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको बजार मूल्य करिब पाँच लाख रुपैयाँ भएको अनुमान गरिएको छ ।
शर्माले उपलब्ध गराउनुभएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गर्नुभएको उपशाखाका सभापति कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यिय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको छ ।
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको…
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…