अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान

बेनी बुधबार बैशाख १८ गते ।
नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिनुभएको हो । उहाँले उपलब्ध गराउनुभएको जग्गाको बजार मूल्य करिब पाँच लाख रुपैयाँ भएको अनुमान गरिएको छ ।

शर्माले उपलब्ध गराउनुभएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गर्नुभएको उपशाखाका सभापति कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यिय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार