दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम

दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो ।


तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा सिकाइने तालिमका प्रशिक्षक जयप्रकाश गुरुङले जानकारी दिनुभयो । तालिममा १८ प्रशिक्षार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक एवम् मालिका गाउँपालिका स्तरिय होटेल व्यवसायी संघका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।


उहाँका अनुसार तालिम ंंंंआगामी १९ गते सम्म संचालन हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले व्यवसायीहरुलाई लघुउद्यम सिप विकास,स्तरिय खाना तथा गाउँपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि कुक तालिम संचालन गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…