बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो ।

यातायात सेवा अवरुद्ध हुँदा यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नुपरेको यातायात व्यवसायी कमल फगामीले बताउनुभयो । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका साथै पश्चिम बागलुङका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अवरुद्ध भएको दुई घण्टापछि सडक खुलाउने काम  सुरु भएको छ ।पानी पर्ने क्रम रोकिएपछि सडक खुलाउन जेसीबी ल्याइएकाे छ । केही समयमै सडकमा सिधा यातायातत सुचारू हुने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार