फुलबारी र बिममा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण
बिहिवार, जेठ १६ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,विहिबार जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसनी नियन्त्रण अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना ,इलाका प्रहरी कार्यलय दरबाङको सहआयोजना र छहारी युवा क्लबको सहकार्यमा विहिबार फुलबारीमा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले युवाहरुलाई लागु औषध दुव्र्यसनी तथा फौजदारी अपराध सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले लागु औषध दुव्र्यसनी स्वास्थ्यका लागि मात्र नभई समाजका लागि हानिकारक हुनुका साथै कानुनले पनि लागु औषध दुव्र्यसनीलाई प्रतिबन्ध लगाएको बताउनुभयो । लागु औषध दुव्र्यसनिले समाजमा अशान्ती पैदा गर्नुका साथै सुरक्षा चुनौती खदा गरेको बताउनुभयो ।
प्रनि पाण्डेले लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि कानुनी रुपमा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुहुँदै दुव्र्यसनी नियन्त्रणका लागि युवा , समुदाय आफै जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा छहारी युवा क्लवका अध्यक्ष तुल नारायण बुढाले लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि प्रहरी तथा स्थानिय युवाहरुसंग सहकार्य गर्ने बताउनुभयो । साथै प्रहरी विद्याल सम्पर्क कार्यक्रम अन्तर्गत वडा नं ७ विममा रहेको किसानी माविमा विहिबार विद्याथीहरुलाई लागु पदार्थ दुव्र्यसनीको बारेमा प्रशिक्षण गराइएको छ । कार्यक्रम गाउँपालिकाको सबै वडामा संचालन भइरहेको इप्रकाले जनाएको ।
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…