माटोको ढिस्कोले पुरिएर म्याग्दीमा एक मजदुरको मृत्यु
बुधवार, बैसाख १८ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी बुधबार बैशाख १८ गते ।
म्याग्दीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गएको छ । बेनी –दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका ६ चुत्रेनीमा ग्यावीयन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दीया नगरपालिका–४ ठाकुरद्धाराका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना अन्तर्गत ग्यावीयन पर्खाल निर्माणका क्रममा माथिबाट खसेको ढिस्काले पुरिएका थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको हो ।
थारुको शव पोष्ट मार्टम लागि बेनी अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि शव आफन्तको जिम्मा लगाइने प्रनाउ मरासनिले जानरकारी दिनुभयो ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…