माटोको ढिस्कोले पुरिएर म्याग्दीमा एक मजदुरको मृत्यु

म्याग्दी बुधबार बैशाख १८ गते ।

म्याग्दीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गएको छ ।
बेनी –दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका ६ चुत्रेनीमा ग्यावीयन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दीया नगरपालिका–४ ठाकुरद्धाराका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना अन्तर्गत ग्यावीयन पर्खाल निर्माणका क्रममा माथिबाट खसेको ढिस्काले पुरिएका थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको हो ।


थारुको शव पोष्ट मार्टम लागि बेनी अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि शव आफन्तको जिम्मा लगाइने प्रनाउ मरासनिले जानरकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार