मालिकामा नेकपाको शपथ ग्रहण

बेनी सोमबार बैशाख ३० गते । म्याग्दीकाे मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पहिलाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्रदेश सदस्य नबराज शर्मा,जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग बहादुर किसानले शपथ गराउनुभएको थियो ।

शपथ ग्रहण गराउँदै प्रदेश सदस्य शर्माले पार्टी एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बताउनुभयो । उहाँले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताउनुभयो ।

कार्यक्रममा जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग बहादुर किसानले पार्टीलाई एकताबद्ध रुपमा शसक्त बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम मालिका गाउँपालिका गाउँ सङ्गठन कमिटी अध्यक्ष बेग गर्बुजाको अध्यक्षता,गौरी सेन्चुुरीको स्वागत मन्तव्य र सचिव गोविन सिंथानी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…