प्रताप बानियाँ /म्याग्दी, आइतबार असार १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । पात्ले झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा शनिबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो ।
मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ । कुल २६ लाख ४६ हजार एकसय ९२ रुपैयाँ स्टिमेट लागत रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले एकलाख ५८ हजार सातसय ७१ र केन्द्रीय अनुदान स्वापमार्फत २२ लाख ४१ हजार आठसय ६८ रुपैयाँ तथा समुदायको ५२ हजार नौसय २३ रुपैयाँ लगानी रहेको छ ।
४४ मिटर लम्बाई, १०६ सेन्टीमिटर र खोला बौलाउने ठाउँदेखि ५ मिटरभन्दा बढी उचाईमा रहेको पुलको भारवहन क्षमता भने ५ टन रहेको क्षेत्रीय प्राविधिक सहयोग प्रदायक (आरटिएपि) पोखराका इन्जिनियर नरबहादुर सम्बाहाम्फेले बताए । गएको फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुङ्ग पुलको शुक्रबार निर्माणसम्पन्न गरिएको थियो । कुल १ हजार ३ सय ३६ दिन रोजगार सिर्जना भएको पुलबाट १ सय १५ घरधुरीका ५ सय ७५ जना स्थानीयवासिन्दा लाभान्वित भएका छन् ।
यसैगरी शनिबारै मालिका–२ र ३ को सिमानामा पर्ने छेरबाङ खोलामाथि निर्माणसम्पन्न पुलको पनि उद्घाटन भएको छ । रुमको जेम–बेलीगाउँ जोड्ने छेरबाङ झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो ।
मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ । कुल ४५ लाख नौहजार नौसय ७१ रुपैयाँ लागत स्टिमेट रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले दुईलाख ७० हजार पाँचसय ९८, केन्द्रीय अनुदान स्वापमार्फत ३७ लाख २१ हजार नौसय ५७ रुपैयाँ तथा समुदायको ९० हजार एकसय ९९ रुपैयाँ लगानी रहेको छ ।
८५ मिटर लम्बाई, १०६ सेन्टीमिटर चौडाई र खोला बौलाउने ठाउँदेखि ५ मिटरभन्दा बढी रहेको पुलको भारवहन क्षमता भने १७ टन रहेको आरटिएपि पोखराका इन्जिनियर सम्बाहाम्फेले बताए । गएको फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुङ्ग पुलको गत शुक्रबारै निर्माणसम्पन्न गरिएको थियो । कुल २१ सय ८० दिन रोजगार सिर्जना भएको पुलबाट ४ सय २५ घरधुरीका २३ सय ३८ जना स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।
नवनिर्मित दुईवटै झोलुङ्गे पुलको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले उद्घाटन गरेका थिए ।
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…