बेनपाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)
सोमवार, असार १६ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,सोमबार असार १६ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।
शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेताहरु विच भएको सहमति अनुसार नगरकार्यपालिका सदस्य विश्वकर्माले नगरसभामा प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रस्ताव पेश गर्दै नगर कार्यपालिका सदस्य विश्वकर्माले सहमति र सहकार्यबाट नै नगरपालिकालाई समृद्ध र विकसित बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । जनताको चाहना र अपेक्षा अनुसार आगमी दिनमा नगरपालिका अगाडि बढ्ने उहाँले बताउनुभयो ।आगमी असार २१ गते वस्ने नगरसभामा नीति कार्यक्रम र बजेट ल्याउनका लागि आजै बाट प्रक्रिया सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
हामीले २८ गते नगरका एकतिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका थियौं नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले भन्नुभयो, ‘राजनीति सहमति भएकाले अव असार २१ गते वस्ने नगरसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी सुरु हुन्छ ।’
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…