म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले पीडित मगरको उपचारमा रकम अभाव भएको छ ।बुढा मगरको दुईवटा मृगौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएकोले उपचारमा सहयोग पु¥याउन युवा सञ्जालले बेनीमा अभियान सञ्चालन गरेको रिजालले बताउनुभयो ।
संकलित रकम पोखरा गएर हस्तान्तरण गरिने युवा सञ्जालले जनाएको छ । पीडित मगरको दुइमहिना देखि पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…