मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग

म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो ।


परिवारको आर्थिक अवस्था कमजोर भएकाले पीडित मगरको उपचारमा रकम अभाव भएको छ ।बुढा मगरको दुईवटा मृगौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएकोले उपचारमा सहयोग पु¥याउन युवा सञ्जालले बेनीमा अभियान सञ्चालन गरेको रिजालले बताउनुभयो ।


संकलित रकम पोखरा गएर हस्तान्तरण गरिने युवा सञ्जालले जनाएको छ । पीडित मगरको दुइमहिना देखि पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार