समाचार साहित्य

साहित्यकार घायलश्री सम्मानीत

बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट सम्मानीत ुहनुभएको हो । सोही रचना बाचन गरिएको थियो ।

नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा विभिन्न क्षेत्रमा आवद्ध शुभचिन्तकहरुको उपस्थितमा संचारका संस्थापक अध्यक्ष एवम् क्रियाशिल साहित्यकार घालश्रीलाई नगद ५ हजारसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

म्याग्दी साहित्य संचारका अध्यक्ष सन्दिप खत्री, प्रमुख अतिथि गणनाथ पौडेल र साहित्यकार धुव्रलाल शर्माले सयुक्त रुपमा घायलश्रीलाई सम्मान गर्नुभएको थियो । पर्वत जन्मीएर साहित्यको कर्मथलो म्याग्दी बनाएर साहित्यिक क्षेत्रमा क्रियाशिल रहनुभएका घायश्रीलाई सम्मान गरेको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पौडेलले नेपाली भाषाका सष्ट्रा तथा साहित्यकार भानुभक्त आचार्य योगदानलाई निरन्तर सम्झनुपर्ने बताउनुभयो । संचारका सल्लाकार चन्द्रबहादुर लामिछानेको स्वागत मन्तव्य, सचिव हिरा शर्माको संचालनमा भएको सष्ट्रा सम्मान कार्यक्तममा साहित्यकार अजयमिलन श्रेष्ठ, धुव्रलाल शर्मा, भक्त कार्की चन्द्रबहादुर बुढामगर, दपर्ण रोका दिपक शर्मा लगायतले गजल कविता तथा रचना बाचन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…

thumbnail

अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…

thumbnail

पत्रकार महासंघ निर्वाचनमा चार संस्थाबीच सहकार्यको सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…