पत्रकारका लागि भाषा तथा प्रविधि सम्बन्धी तालिम सम्पन्न

म्याग्दी,आइतबार साउन ०५ गते । म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल पत्रकारिता लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनीमा शनिबार देखी सुरु भएको सो तालिम आइतबार सम्पन्न भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।


जिसस प्रमुख देवेन्द्रबहादुर केसीले क्रियाशिल पत्रकारीतमा भाषा र प्रविधिको ज्ञान हुनपर्नेमा जोड दिनुभयो । जिल्लाको पुर्वाधार निर्माण ,सामाजिक,आर्थिक ,शैक्षिक विकास एवम् विभिन्न गतिविधिलाई समाचार मार्फत उजागर गर्नमा पत्रकारको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । विकास निर्माण संगै समाजमा हुने कमी कमजोरीलाई औल्याई सुधारका लागि सुझाव दिनु पत्रकारको दायित्व भएको प्रमुख केसीको भनाइ छ ।

विकास निर्माण लगायत हरेक गतिविधिमा भइरहेका ढिलासुस्ती र बेथीतीलाई खबरदारी गर्नुका साथै सकरात्मक क्रियाकलापलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख केसीले जिल्ला समन्वय समितिको भुमिका समन्वय ,अनुगमन र विकासमा सन्तुलन कायम राख्नु् भएको जानकारी दिनुभयो।

स्थानीय तहमा भएको साना तथा ठुला विकास आयोजनाको अनुगमन र सन्तलन कायम गर्ने जिससको भुमिका भए पनि स्थानीय तहले विकास निर्माणका आयोजनामा वेवास्ता गरेको गुनासो गर्नुभयो । प्रदेश र संघबाट जिल्लामा संचालनमा रहेका ठुला गौरबको आयोजनाको काममा ढिला सुस्ती भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाको भौतिक पुर्वाधार निर्माण, सामाजिक र आर्थिक विकासमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले शुभकामना दिँदै पत्रकारीतामा भाषा र प्रविधिको विकास भएमा सुचना प्रवाहमा सहज हुने बताउनुभयो ।


तालिमको समापन गर्नुहुँदै नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले धन्यवाद व्यक्त गर्नुहुँदै तामिमा सिकेका सिपलाई व्यवहार उतार्नुपर्नेमा जोड दिनुभयो ।
पहिलो दिन अन्नपुर्ण पोष्ट् दैनिकका सम्पादक अखन्ड भण्डारीले समाचार संकलनको आधार ,लेखन र भाषाको बारेमा प्रशिक्षण दिनुभएको थियो , भने आइतबार रजनीश भण्डारीले पत्रकारीतामा प्रविधीको आवश्यकता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागिको तर्फबाट नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष सुरज केसी र गोपाल आचार्यले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष शर्माको अध्यक्षता,उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत र सचिव गोरखनाथ सुवेदीको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार