![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1744.jpg)
म्याग्दी ,सोमबार साउन ०६ गते । म्याग्दीको बेनी नगरपालिका ९मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा पुजा गर्ने भक्तजनको को घुँइचो लागेको छ । यो बर्ष साउन महिनाको पहिलो सोमबार शिवको दर्शन गर्न आउने भक्तजनको भिड बढेको हो । साउन महिनाको पहिलो सोमबार भक्तजनको भिड बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोष समितिका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1744-1024x683.jpg)
उहाँका अनुसार जिल्ला संगै कास्की,चितवन ,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । ‘गत बर्ष झै यो बर्ष साउन महिनाको पहिलो सोमबार गलेश्वरमा पुजा गर्न आउने भक्तजनको भिड बढेको छ, उहाँले भन्नुभयो ।’ ‘गत बर्षको तुलनामा पुजा गर्ने भक्तजनको संख्यामा केही कमी आए पनि यो बर्षको पहिलो सोमबार १९ हजार भन्दा बढी भक्तजनले पुजा गरेका छन् । ’
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1765-1024x683.jpg)
मन्दीरमा आउने भक्तजनलाई लक्षित गरी शुरक्षा लगायत विभिन्न व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइएको कोषका उपाध्यक्ष पण्डीत भिमनाथ पराजुलीले बताउनुभयो ।
भतmजनबाट संकलन भएको दान मन्दीरको पुर्वाधार विकास र अन्य विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको कोषका उपाध्यक्ष पण्डीतले जानकारी दिनुुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1728-1024x683.jpg)
बागलुङ नगरपालिका श्रीनगर टोलकी जमुनाकुमारी रिजालले रिजालले श्रीमानको दिर्घायु र परिवारको सुख शान्तीको कामना गरी पुजा गर्दै आएको बताउनुभयो । जिल्लाको मालिका गाउँपालिका ६ दरबाङकी शान्ती गुरुङले पनि शिक्षामा सफलताको लागि गलेश्वरमा पुजा गर्न आएको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1719-1024x683.jpg)
गलेश्वर मन्दीरमा पुर्जा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी ,शिक्षक ,प्रहरी ,सामुदायक प्रहरी,क्लब तथा स्थानी आमा समुहले सेवा दिँदै आएका छन् । पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवकको रुपमा सहयोग गर्र्दै आइरहेको न्यु वेष्ट प्वोइन्ट माविका शिक्षक सतिश श्रेष्ठ र सामुदायीक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष डेकबहादुर सुनारले बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1710-1024x683.jpg)
कालिगण्डकी नदिको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टानमा फैलिएको गलेश्वर मन्दीरमा विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र परिवारको सुख शान्तीको कामना र विद्यार्थीहरुले शिक्षामा विद्या प्राप्ती संगै सफलताकाको कामनाका लागि पुजा गर्न आउने गरेको बताउछन् ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_1709-1024x683.jpg)