बेनी,शनिबार भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा म्याग्दी बहुमुखी क्याम्पसलाई शून्यका बिरुद्ध तीन गोल गर्दै माउन्टले उपाधि जितेको हो ।
बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस र बीस हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा माउन्टकी डिम्पल गुरुङलाई उत्कृष्ट खेलाडी, म्याग्दी क्याम्पसकी रविना परियारलाई उत्कृष्ट गोलरक्षक, ५ गोल गरेकी माउन्टकी दिपा रोका सर्वा्धिक गोलकर्ता र म्याग्दी एकेडेमी सिंगालाई अनुशाषित टिमको पुरस्कार प्रदान गरिएको थियो । वेष्ट पोइन्टकी दिपशिखा किसानलाई राइजीङ प्येयरको उपाधी प्रदान गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका १३ विद्यालयको सहभागिता थियो । पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विजय विद्यालयलाई बधाई दिनुहुँदै प्रतियोगिताले छात्राहरुलाई फुटबल प्रति आकर्षित गर्न प्रेरित गर्न सहयोग पुग्ने बताउनुभयो ।
खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विजय विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । क्लबका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठको अध्यक्षता र सचिव सुमित सुवेदीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौँ । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ…
काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको…
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ । आइसिसीका प्रतिनिधि र सञ्चारकर्मीबीच शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा आइसिसीले नेपालमाथि लगाएको आंशिक आर्थिक…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…