आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)

साधन राम्जाली
बेनी,शनिबार भदौ २१ गते ।
२०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए ।

मृगौला प्रत्यारोपन पछि नयाँ जिवन पाउनुभएका डक बहादुर रोका कम्प्युटरमा विद्यालयको काम गर्दै !
तस्विर : साधन राम्जाली

पहिले सामान्य देखिए पनि खटिरा अस्वभाविक रुपमा बढ्ढै गएपछि २५ बर्षिय डकबहादुर आत्तिनुभयो । खटीराको उपचारका लागि उहाँ पोखरा पुग्नुभयो । उहाँलाई जचाँएको मिति ठ्याक्कै याद छैन् । अस्पतालले प्रेसर हाई बताउँदै औषधि लेखिदिए पछि १५ दिनका लागि औषधि किनेर डकबहादुर घर फर्किनुभयो । डाक्टरले भनेझै नियमित औषधि सेवन पश्चात फेरी औषधि लिन पोखरा जानुभयो ।

मृगौला प्रत्यारोपन पछि नयाँ जिवन पाउनुभएका डक बहादुर रोका कम्प्युटरमा विद्यालयको काम गर्दै !
तस्विर : साधन राम्जाली

अस्पतालले सामान्य रोग हो भनेपछि डकबहादुर ढुक्क भएर घर फर्किनुभयो । घर फर्किएको केही समयमा आँखामा समस्या देखियो । आँखामा देखिएको समस्या जचाँउन उहाँ फेरी अस्पताल जानुभयो । आँखाको सामान्य उपचार पछि चिकित्सकले मृगौलामा समस्यामा भएको हुनसक्ने भन्दै जचाँउन काठमाण्डौ जान सु्झाए उहाँले भन्नुभयो, ‘डाक्टरले नसोचेको रोग सुनाइदिएपछि म छाँगाबाट खसेजस्तै भएँ ।’

मृगौला प्रत्यारोपन पछि नयाँ जिवन पाउनुभएका डक बहादुर रोका कम्प्युटरमा विद्यालयको काम गर्दै !
तस्विर : साधन राम्जाली

डाक्टरले दिएको रिपार्टले डकबहादुरको जिवनमा ठुलो बज्रपात ल्याइदियो । जमिन भासिए झै भयो मनमा हरेक कुराहरु खेल्न थाले घरमा सुनाउने कि नसुनाउने दोधारमा परेँ – उहाँले भन्नुभयो । दोधारकै विच निर्णय लिएँ उहाँले भन्नुभयो ‘ आफूलाई लागेको रोगको बारेमा कसैलाई भन्दिन ।’ आफ्नो कारणले कसैलाई दुःख नदिने उहाँको सोचाई थियो । आफुलाई लागेको रोगको बारेमा घरमा सुनाएँ भने गरिब आमाबाबा माथि ठुलोे बज्रपात पर्छ लागेर उहाँले रोगका वारेमा कसैलाई पनि नभन्ने निधो गर्नुभयो ।

आमाबाबालाई पीडा नदिने सोचेपछि मेरो रोगको बारेमा उहाँहरुलाई भन्ने हिम्मत पनि गरिन ,उहाँले सुनाउनुभयो । म मरेपनि आमाबाबालाई पाल्ने अझै दुई दाजुभाई त हुनुहुन्छ भन्ने लागेपछि यसरी नै मर्छु भनी रोगको बारेमा कसैलाई सुनाइन । भावुक हुँदै उहाँले आफ्नो व्यथा सुनाउनुभयो ।

घरमा आर्थिक अवस्था कमजोर थियो । घरखेत सबै बिक्री गरे पनि मेरो रोगको उपचार खर्च पुग्ने सम्भव थिएन । आर्थिक अवस्था कमजोर भएका परिवारलाई के पीडा दिनु भनेर रोगको बारेमा कसैलाई पनि भनिन । लुकाएर बसेँ । ‘घरखेत सबै जायजेथा बेचेर पनि मेरो उपचार खर्च जुटाउन नसक्ने स्थिती देखिए पछि मैले उपचार गर्ने आशा मारिदिए,’ उहाँले भन्नुभयो । जिउने आशा मरिसकेको थियो ,अचानक रोगले च्याप्न थाल्यो घरकाले विरामी भएको थाहा पाएपछि अस्पताल लगे । अस्पताल गएपछि परिवार सबैलाई मेरो रोगको बारेमा थाहा भयो । उहाँहरु उपचार खर्च जोहो गर्नतिर लाग्नुभयो ।


अस्पतालमा मृगौलाको डाइलेसीस गराइरहेको थिएँ । यसै क्रममा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य दाजु अस्पतालमै भेट्न आउनुभयो । आर्थिक अभावका कारण तिम्रो मृत्यु हुन हामी दिन्नौं भन्दा मेरो आँखाबाट बरर आशु झरेँ । बाच्ने आशा पलायो ।

उहाँले सुनाउनुभयो । शाक्य म्याग्दी फर्किएपछि स्थानीय देउराली युवाक्लब र शान्तिकोषले डक बहादुर बचाउ अभियान सुरु गर्नुभएछ । देश विदेशमा रहेका परोपकारी मनका धनीहरुले अभियानमा सहयोग गर्नुभयो । आज म जुन अवस्थामा फर्किएको छु यो कोषको साथ र सहयोगले नै हो उहाँले भन्नुभयो ।

उपचारका लागि रकम संकलन भएपछि २०७३ बैशाख ८ गते आमा केशरी (गोरी)ले मृगौला दान दिन तयार हुनुभयो । मृगौला दिन आमा तयार भएपछि कोष र देउराली युवाक्लबले संकलन गरेको १७ लाख ६५ हजार ३ सय ७६ रुपैयाँ सहयोग तथा ऋण, आफन्तले दिएको सहयोग गरी करिब २५ लाख रुपैयाँमा डकबहादुरको उपचार भयो । अहिले डकबहादुर बुद्ध एकेडेमीमा कम्प्युटर अपरेटर शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । नवविकल्प साप्ताहिकमा प्रकाशित

सम्बन्धित समाचार

thumbnail

पिताको वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयलाई शैक्षिक पोशाक वितरण

बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…

thumbnail

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…

thumbnail

बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…