घटस्थापनाको सार्वजनिक विदा दिन माग (ज्ञापनपत्रसहित)
सोमवार, असोज ६ गते
। म्याग्दी न्युज संवाददाता
प्रताप बानियाँ म्याग्दी,सोमबार असोज ६ गते – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले घटस्थापनाको दिन सार्वजनिक विदा दिन माग गरेको छ । समाजले सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र पठाउँदै विदा दिन माग गरेको हो ।
‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित समाजको प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत ज्ञापनपत्र बुझाइएको क्षत्री समाज म्याग्दीले जनाएको छ । ८१ प्रतिशत हिन्दु र १३ प्रतिशत ओमकार परिवारसहित ९४ प्रतिशत नेपालीहरुको आस्थाको पर्व घटस्थापना नेपालको मौलिक एवं साझा पर्वका रुपमा मनाउने गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
क्षत्री समाज म्याग्दीका अध्यक्ष वीरबहादुर थापा र सचिव देवेन्द्र घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सबै नेपालीहरुको साझा पर्व भएकाले घटस्थापनाको दिनमा सार्वजनिक विदा दिनका लागि जोड दिइएको छ । उक्त ज्ञापनपत्र अध्यक्ष थापाले प्रजिअ ढकाललाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने जानकारी दिए । ज्ञापनपत्र क्षत्री समाजका सचिव घिमिरेले वाचन गरेर सुनाएका थिए ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…