बेनी,विहिबार भदौ १९ गते । म्याग्दीको बेनी नगरपालिका–५ बगुवा खोलामा संचालित जिसी क्रसर उद्योगमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले कालो व्यानर ताँगेको छ । क्रसरले जथाभावि रुपमा गिटी बालुवा तथा नदि जन्य पदार्थ उत्खनन गरीे नदि दोहन गर्ने कार्य गरेको आरोप लगाउँदै गयराती नेकपा निकट जिल्ला जनपरिषद म्याग्दीले कालो व्यानर ताँगेको नेकपा म्याग्दीले जनाएको छ ।
क्रसरले गर्दा नदि किनारमा रहेका वस्ति तथा खेतियोग्य जमिन उच्च जोखिममा रहेकाले कारबाही स्वरुप कालो व्यानर ताँगेको नेकपा म्याग्दीले जनाएको छ । जथाभावि रुपमा ढुङ्गा, गिटी वालुवा तथा नदिजन्य पदार्थ उत्खनन कार्य बन्द गर्न नेकपाले चेतावनी समेत दिएको छ ।
यता क्रसर उद्योग सञ्चालक नारायण जिसीले भने आफुलाई विप्लब नेतृत्व नेकपाले लगाएको आरोप झुटो भएको बताउनुभयो । कानुन सम्मत सम्बन्धी निकायमा नियमित रुपमा कर तिरेको जिसीले बताउनुभयो । क्रसरका कारण कुनै पनि वस्ति जोखिममा नपरेको उहाँले दावि गर्नुभयो । नेकपा निकट जनपरिषद म्याग्दीले शिलबन्दी गरेको ब्यानर भने प्रहरीले हटाएको छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…