जिसी क्रसर उद्योग माथि नेकपाको कालो व्यानर

बेनी,विहिबार भदौ १९ गते ।
म्याग्दीको बेनी नगरपालिका–५ बगुवा खोलामा संचालित जिसी क्रसर उद्योगमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले कालो व्यानर ताँगेको छ । क्रसरले जथाभावि रुपमा गिटी बालुवा तथा नदि जन्य पदार्थ उत्खनन गरीे नदि दोहन गर्ने कार्य गरेको आरोप लगाउँदै गयराती नेकपा निकट जिल्ला जनपरिषद म्याग्दीले कालो व्यानर ताँगेको नेकपा म्याग्दीले जनाएको छ ।

क्रसरले गर्दा नदि किनारमा रहेका वस्ति तथा खेतियोग्य जमिन उच्च जोखिममा रहेकाले कारबाही स्वरुप कालो व्यानर ताँगेको नेकपा म्याग्दीले जनाएको छ । जथाभावि रुपमा ढुङ्गा, गिटी वालुवा तथा नदिजन्य पदार्थ उत्खनन कार्य बन्द गर्न नेकपाले चेतावनी समेत दिएको छ ।

यता क्रसर उद्योग सञ्चालक नारायण जिसीले भने आफुलाई विप्लब नेतृत्व नेकपाले लगाएको आरोप झुटो भएको बताउनुभयो । कानुन सम्मत सम्बन्धी निकायमा नियमित रुपमा कर तिरेको जिसीले बताउनुभयो । क्रसरका कारण कुनै पनि वस्ति जोखिममा नपरेको उहाँले दावि गर्नुभयो । नेकपा निकट जनपरिषद म्याग्दीले शिलबन्दी गरेको ब्यानर भने प्रहरीले हटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार