मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल
शुक्रवार, भदौ २७ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी,शुक्रबार भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवारले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् ।
वैदेशिक रोजगारीबाट फर्किएका बानियाँको बिगत २ महिनादेखि उपचार भैरहेको छ । घरपरिवारले जम्मा गरेको आर्थिक स्रोत सकिएर ऋणबाटै उपचार गराउँदै आएका बानियाँले उपचार खर्च जुटाउन नसक्दा अस्पतालकै बेडबाट जिवनरक्षाको अनुरोध गर्नुभएको छ । बानियाँको उपचारमा आर्थिक सहयोग गरि उहाँको जिवनरक्षा गरिदिन स्थानीय सुर्यकिरण युवा क्लब काफलबोटले समेत आह्वान गरेको छ ।
घरपरिवारको खर्च वैदेशिक रोजगारीबाट जुटाउँदै आएका बानियाँ नै विरामी भएको र अन्य आयस्रोत नभएपछि उपचारमा समस्या भएको छ । नियमित उपचार गराउनुपर्ने र खर्च महंगो पर्ने भएकाले सहयोगको लागि आग्रह गरिएको बानियाँका आफन्त सागर बानियाँले बताउनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीहरुलाई बानियाँको उपचारमा सहयोग गर्न आह्वान समेत गर्नुभएको छ । बानियाँको १÷१ छोराछोरी र श्रीमती छन् । सम्पर्कः सागर बानियाँः ९८४७६४२४४६ सवि बानियाँः ९८४३०७५९७३ रेशम राईः ९८२३२६०३६२ विनोद केसीः ९८६३२५२६७८
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…