मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल

म्याग्दी,शुक्रबार भदौ २७ गते ।
म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवारले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् ।


वैदेशिक रोजगारीबाट फर्किएका बानियाँको बिगत २ महिनादेखि उपचार भैरहेको छ । घरपरिवारले जम्मा गरेको आर्थिक स्रोत सकिएर ऋणबाटै उपचार गराउँदै आएका बानियाँले उपचार खर्च जुटाउन नसक्दा अस्पतालकै बेडबाट जिवनरक्षाको अनुरोध गर्नुभएको छ । बानियाँको उपचारमा आर्थिक सहयोग गरि उहाँको जिवनरक्षा गरिदिन स्थानीय सुर्यकिरण युवा क्लब काफलबोटले समेत आह्वान गरेको छ ।


घरपरिवारको खर्च वैदेशिक रोजगारीबाट जुटाउँदै आएका बानियाँ नै विरामी भएको र अन्य आयस्रोत नभएपछि उपचारमा समस्या भएको छ । नियमित उपचार गराउनुपर्ने र खर्च महंगो पर्ने भएकाले सहयोगको लागि आग्रह गरिएको बानियाँका आफन्त सागर बानियाँले बताउनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीहरुलाई बानियाँको उपचारमा सहयोग गर्न आह्वान समेत गर्नुभएको छ । बानियाँको १÷१ छोराछोरी र श्रीमती छन् ।
सम्पर्कः सागर बानियाँः ९८४७६४२४४६
सवि बानियाँः ९८४३०७५९७३
रेशम राईः ९८२३२६०३६२
विनोद केसीः ९८६३२५२६७८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार