वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान
मंगलबार, भदौ २४ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ ।
मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जागरण अभियान थालेको छ । प्रदेश सभा (क )को जागरण अभियानको केन्द्रीय सदस्य एवम् पुर्व सांसद गोविन्द पौडेलले र जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर)ले संयुक्त रुपमा बर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।
प्रदेश सभा क्षेत्र (ख) को केन्द्रीय सदस्य तथा पुर्व सांसद नरबहादुर पुन मगर ( निरज )ले मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा वर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो । छुट्टाछुट्टै आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेताद्धय कंडेल र पुनले दुई तिहाइको सरकारले जनताले अनुभुति गर्ने खालका काम गर्न नसकेको बताउनुभयो ।
नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँहरुको भनाई छ । दुइ तिहाइ बहुमत प्राप्त सरकारले भ्रष्टाचारलाई बढवा दिएको,बजार महङ्गी नियन्त्रण गर्न नसकेको तथा वेथेती मौलाउन दिएको आरोप लगाउनुहुँदै त्यसलाई रोक्न कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
दुई तिहाइको सरकारले वाडबडी काण्ड,सुन काण्ड तथा एनसेल कर प्रकरणमा छानविन, महङ्गी नियन्त्रणमा उदासिनता देखाएको उहाँहरुको आरोप छ । वर्तमान सरकारले राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।
अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँहरुले आग्रह समेत गर्नुभयो ।सोही अवसरमा कांग्रेस म्याग्दीले वृक्षारोपण गरेर १०६ औ विपि जन्मजयन्ती मनाएको छ । कांग्रेस म्याग्दीको आयोजनामा मंगलबार विपि जन्म जयन्तीको अवसरमा धार्मिक एवम् पर्यटीय क्षेत्र गलेश्वर स्थित पार्कमा विक्षारोपण गरेर मनाएको हो ।
नेताद्धय पुन र कंडेलले विपी कोरालाले देशलाई ठुलो योगदान दिएको स्मरण गर्दै कोरालाबाट राजनितिक दलहरुले ठुलो पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । जिल्ला सभापति गर्वुजाको सभापतित्व ,उपसभापति तथा प्रदेश सभा (क )का सभापति माधव प्रसाद रेग्मीको स्वागत तथा सचिव क्या मिन बहादुर कार्किको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।
दरबाङमा सम्पन्न भएको प्रदेश सभां (ख) को सभापति कमल छन्त्यालको सभापतित्व,सचिव श्रीराम पौडेलले पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सचिव हिराबहादुर पुन मगरले स्वागत मन्तव्य व्यक्त र्गुभएको थियो ।
कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन , नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष श्रीप्रसा रोका मगर लगायतको उपस्थिती रहेको थियो । कांग्रेस म्याग्दी प्रदेश सभा (ख )ले बुधबारदेखी धवलागिरी गाउँपालिका वडा नं ५ मराङबाट जागरण अभियान सुरु गर्ने सचिव पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार प्रदेश सभा (ख)को पार्टी कार्यालय पनि स्थापना गरिएको छ ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…