वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान

बेनी,मंगलबार भदौ २४ गते ।
नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ ।

मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जागरण अभियान थालेको छ । प्रदेश सभा (क )को जागरण अभियानको केन्द्रीय सदस्य एवम् पुर्व सांसद गोविन्द पौडेलले र जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर)ले संयुक्त रुपमा बर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।

प्रदेश सभा क्षेत्र (ख) को केन्द्रीय सदस्य तथा पुर्व सांसद नरबहादुर पुन मगर ( निरज )ले मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा वर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।
छुट्टाछुट्टै आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेताद्धय कंडेल र पुनले दुई तिहाइको सरकारले जनताले अनुभुति गर्ने खालका काम गर्न नसकेको बताउनुभयो ।

नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँहरुको भनाई छ । दुइ तिहाइ बहुमत प्राप्त सरकारले भ्रष्टाचारलाई बढवा दिएको,बजार महङ्गी नियन्त्रण गर्न नसकेको तथा वेथेती मौलाउन दिएको आरोप लगाउनुहुँदै त्यसलाई रोक्न कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।


दुई तिहाइको सरकारले वाडबडी काण्ड,सुन काण्ड तथा एनसेल कर प्रकरणमा छानविन, महङ्गी नियन्त्रणमा उदासिनता देखाएको उहाँहरुको आरोप छ । वर्तमान सरकारले राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।

अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँहरुले आग्रह समेत गर्नुभयो ।सोही अवसरमा कांग्रेस म्याग्दीले वृक्षारोपण गरेर १०६ औ विपि जन्मजयन्ती मनाएको छ । कांग्रेस म्याग्दीको आयोजनामा मंगलबार विपि जन्म जयन्तीको अवसरमा धार्मिक एवम् पर्यटीय क्षेत्र गलेश्वर स्थित पार्कमा विक्षारोपण गरेर मनाएको हो ।

नेताद्धय पुन र कंडेलले विपी कोरालाले देशलाई ठुलो योगदान दिएको स्मरण गर्दै कोरालाबाट राजनितिक दलहरुले ठुलो पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सभापति गर्वुजाको सभापतित्व ,उपसभापति तथा प्रदेश सभा (क )का सभापति माधव प्रसाद रेग्मीको स्वागत तथा सचिव क्या मिन बहादुर कार्किको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।


दरबाङमा सम्पन्न भएको प्रदेश सभां (ख) को सभापति कमल छन्त्यालको सभापतित्व,सचिव श्रीराम पौडेलले पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सचिव हिराबहादुर पुन मगरले स्वागत मन्तव्य व्यक्त र्गुभएको थियो ।

कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन , नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष श्रीप्रसा रोका मगर लगायतको उपस्थिती रहेको थियो ।
कांग्रेस म्याग्दी प्रदेश सभा (ख )ले बुधबारदेखी धवलागिरी गाउँपालिका वडा नं ५ मराङबाट जागरण अभियान सुरु गर्ने सचिव पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार प्रदेश सभा (ख)को पार्टी कार्यालय पनि स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार