राष्ट्रिय मगर संघ रघुगंगाको अध्यक्षमा पुन

बेनी,आइतबार भदौ २२ गते ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा मैना पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पहिलो अधिवेशनबाट पुन गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पुनको अध्यक्षतामा १५ सदस्य रघुगंगा गाउँपालिका कमिटि गठन गरिएको छ । उपाध्यक्षमा रोसन पुन,सचिवमा लक्ष्मी फगामी, कोषाध्यक्षमा टीका पु मगर लगायत १५ सदस्य गाउँपालिका कमिटी गठन भएको राष्ट्रय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मगर संघ केन्द्रीय सदस्य एवम् गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजाले मगर समुदायको हक ,हित र अधिकारका लागि राजनितिक मार्फत सशक्त रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । जुुनसुकै क्षेत्रमा भएपनि आफ्नो समुदायको मौलिक कला,संकृती ,पहिचान,भाषा उत्थान पवद्र्धन तथा अधिकार प्राप्तीका लागि लड्नुुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रय मगर संघ गण्डकी प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति सदस्य खिमकुमारी गर्बुजा लगायतले. बोल्नुभएको थियो । कार्यक्रममा वडा नं ४ र ५ का अध्यक्षहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष पुनको अध्यक्षता ,सहसचिव पृति पुनको सञ्चालन तथा उपाध्यक्ष चन्द्र शेरपुञ्जाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार