महावीरलाई एक रुपैयाँ

सविता विमली
काठमाडौँ ,विहिबार असोज २ गते ।
फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ संकलनका लागि उनले आफूले पाएका पुरस्कार तथा पदक लिलामीमा राखे । सन् २००७ मा उनले प्राप्त गरेको म्यागासेसे पुरस्कार पनि लिलामीमा राखे ।

यद्यपि ती पुरस्कार बिक्री भएका छैनन् । केन्द्रलाई दिने भनी घोषणा गरिएको जग्गा केन्द्रको नाममा अझै लगिएको छैन । किनकि भोलि कतैबाट आवश्यक रकम संकलन नभए त्यही जग्गा बेच्ने योजना छ ।

अहिलेसम्म केन्द्रमा करिब ७ करोड संकलन भएको छ । यही क्रमले आवश्यक रकम संकलन हुन वर्षौं लाग्नेछ । सरकारले कुनै आर्थिक सहयोग गरेको छैन । देशरविदेशमा रहेका श्रमजीवीरकर्मजीवी नेपाली तथा केही विदेशी सहृदयीहरूका सहयोगले यो संस्था स्थापित हुन खोजिरहेको छ ।

सविता विमली

उनी उदारमनाहरूले गरेका सानातिना सहयोग रकम फेसबुकमा लेखिरहन्छन् । चेक, रसिद, बैंक भौचर, तस्बिर सेयर गरिरहन्छन् । एउटा यस्तो सिर्जनशील व्यक्ति रकम संकलनको सुसेधन्दामा अल्झिरहनु बडो टिठलाग्दो छ ।

प्रिय पाठक १ महावीरलाई आविष्कारको सिर्जन यात्रामा लागिरहन हामी सहयोग गर्न सक्छौं रु सत्ताले त सदैव दुर्गा प्रसाईं, शारदाप्रसाद अधिकारीलाई नै सहयोग गर्ने हो । महावीरहरू सत्ताको प्राथमिकतामा कहिल्यै पर्दैनन् । जुनसुकै समय, विचार र पार्टीको सत्ता भए पनि सिर्जनालाई उत्प्रेरित गर्न सदैव चुकेको छ । हामी महावीरलाई उत्प्रेरित गर्न सक्छौं कि ?

२०६८ को जनगणना अनुसार नेपाली २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना छौं । १४ देखि ५९ वर्ष उमेर समूहको संख्या ५६.९६ प्रतिशत छ । र यो उमेर समूह अद्यापि कर्मशील छ ।

संविधान घोषणापछि तीन तहको निर्वाचन सम्पन्न भयो । संघीय संसद तथा प्रदेशसभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ थियो । १ करोड ५ लाख ८७ हजार ५ सय २१ ९६८.६३ प्रतिशत० मतदाताले मतदान गरेकोमा ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको र ९.७१ प्रतिशत मत बदर भएको थियो ।

यस निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ थियो । जसमा तत्कालीन एमाले ३१,७३,४९४ ९३७.१ प्रतिशत०, नेपाली कांग्रेस ३१,२८,३८९ ९३६.६ प्रतिशत०, तत्कालीन एमाओवादी केन्द्र १३,३,७२१ ९१५.३ प्रतिशत०, राजपा ४,७२,२५४ ९५.५ प्रतिशत० र संघीय समाजवादी फोरम ४,७०,२०१ ९५.५ प्रतिशत० रहेको साथै करिब १० लाख मत बदर भएको तथा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसकेका बाँकी ४४ दलले पाएको करिब १० लाख मतको संसदमा प्रतिनिधित्व हुन सकेन । समानुपातिक मतका आधारमा के भन्न सकिन्छ भने करिब ९० लाख मानिस राजनीतिक रूपमा कुनै विचार, सिद्धान्तसँग आबद्ध छन् । म लोकप्रियमततर्फ गएकी छैन ।

अहिले संघीय संसदमा २७५, राष्ट्रियसभामा ५९ तथा प्रदेशसभामा ५५० गरी ८८४ सांसद छन् । स्थानीय तह अन्तर्गत ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिकामा २९३ मेयररउपमेयर, ४६० गाउँपालिकामा ४६० अध्यक्षरउपाध्यक्ष, ६,७४३ वडाध्यक्ष, ६,७४३ महिलारदलित महिला सदस्य, १३,४८६ खुल्ला सदस्य गरी ३५,२२१ जनप्रतिनिधि छन् ।

करिब १ लाख ३० हजार निजामती कर्मचारी रहेको तथा आवश्यक नपुग कर्मचारी लिने क्रम चलिरहेको छ । करिब ९५ हजार सेना, ७२ हजार प्रहरी, ३७ हजार सशस्त्र, आधारभूत तथा माध्यमिक तहमा कार्यरत करिब २ लाख २५ हजार शिक्षक, त्रिभुवन विश्वविद्यालयमा करिब ८ हजार शिक्षक तथा करिब ७ हजार कर्मचारी छन् । यसमा २ हजारभन्दा बढी आंशिक शिक्षकहरू पर्दैनन् । अन्य विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको संख्या करिब ५ हजार छ ।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनमा करिब पाँच हजार तथा एनप्याब्सनमा १५ सय विद्यालय आबद्ध रहेको र तिनमा करिब २ लाख शिक्षक तथा कर्मचारी कार्यरत छन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा करिब ९ लाख निजी कम्पनी दर्ता छन् र ती कम्पनीमा दैनिक काम गर्ने न्यूनतम २ जनाको हिसाबले अनुमान गर्ने हो भने पनि त्यो संख्या १८ लाख हुन आउँछ । विभिन्न उद्योग तथा कलकारखाना, व्यापार तथा व्यवसाय, बैंक तथा वित्तीय संस्था, निजी सञ्चार माध्यम, निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरतहरूको संख्या कति होला रु जो महिनापिच्छे आम्दानी गर्छन् वा तलब बुझ्छन् ।

करिब ४० लाख नेपाली शिक्षा तथा रोजगारीको सिलसिलामा देश बाहिर छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १ सय २० मिलियन डलर करिब १३ अर्ब ऋण लिन सरकारले वार्ता टोली गठन गरेको खबर पढेपछि महावीरले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘ऋणै लिने भए अर्को १ अर्ब थपेर ऋण लेऊ र त्यो १ अर्ब राष्ट्रिय आविष्कार केन्द्रलाई ऋण देऊ ।’ त्यो ऋण केन्द्रले समयमै चुक्ता गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित ५ अर्ब १ करोड रकम अपुग भएपछि आगामी ५ वर्षमा खर्च गर्नेगरी उक्त रकम बराबरको ऋण लिन लागिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले कस्तो नतिजा दियो भनेर लेखिरहनु परोइन ।

माथिको तथ्यांकले बोल्छ, कुनै न कुनै पेसामा आबद्ध नेपालीको संख्या उल्लेख्य छ । हामी राजनीतिक रूपमा सचेत जाति हौं । समानुपातिक मतको संख्याले पनि त्यो चेतनाको संकेत गरेको देखिन्छ । यो सब हेर्दा कम्तीमा ५० लाख कर्मयोगी छौं । पेसाकर्मी छौं । यो देशभित्रको संख्या हो । राष्ट्रकै अर्थतन्त्रको बलियो आधार रहेको वैदेशिक रोजगारी जोडिएको छैन । ५० लाख कर्मयोगीसँग मेरो अनुरोध छ, हामी प्रत्येक दिन राष्ट्रिय आविष्कार केन्द्रको नाममा १ रुपैयाँ छुट्याऔँ । यो रकम १ दिनमा ५० लाख १ महिनामा १५ करोड र १ वर्ष ९३६५ दिन० मा १ अर्ब ८२ करोड ५ लाख हुन्छ ।यो रकम हामी ५० लाख कर्मजीवीको हरेक दिनको मात्रै १ रुपैयाँले सम्भव छ ।

यो रकम महावीरको सपनाको लागि सञ्जीवनी हुनसक्छ । महावीरका सपना हामी नेपालीका लागि राष्ट्रिय समृद्धिका आधार हुन् । हाम्रो सपना हाम्रै पालामा समृद्धिको साकार रूप देख्ने हो । सत्ता शारदाप्रसादहरूकै मात्र भइरहँदा हामी जनता महावीरका हुन सक्छौं कि रु राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको ठमेल शाखाको खाता नं। ०१९०६३२२०६००१७ तपाईंको दैनिक १ रुपैयाँलाई पर्खिरहेको छ । आउनुहोस्, यो १ रुपैयाँबाट हामी समृद्धिको नयाँ आधार निर्माणमा सहयात्री बनौं । सहयोगी बनौं । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार