बेनी ,आइतबार कात्तिक २४ गते । म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो ।
?
मुस्लिम समुदाय जातीय पोशाक सहित प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागि भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरवको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने मुस्लिम सेवा समाज म्यिाग्दीका अध्यक्ष रहमद खानले बताउनुभयो ।
उहाँका अनुसार प्रवर्तक मोहम्मदको ६३ वर्षको उमेरमा साउदीकै मदिनामा निधन भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचनन गर्ने उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष खानले बताउनुभयो ।
मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । १८ जना बिरामीलाई फलफुल वितरण गरिएको म्याग्दी मुस्लीम सेवा समाज समितिका अञ्जित खानले जानकारी दिनुभयो । म्याग्दीमा करिब एक सय परिवार मुस्लिम समुदायको म्याग्दीमा बसोबास छ । बिरेन्द्र चोकबाट सुरु भएको झाँकी सहितको ¥याली बजार परिक्रममा गरी पुनः सोही ठाउँमा पुगेर समापन भएको थियो ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…