इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती मनाइयो

बेनी ,आइतबार कात्तिक २४ गते ।
म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो ।

?

मुस्लिम समुदाय जातीय पोशाक सहित प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागि भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरवको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने मुस्लिम सेवा समाज म्यिाग्दीका अध्यक्ष रहमद खानले बताउनुभयो ।
उहाँका अनुसार प्रवर्तक मोहम्मदको ६३ वर्षको उमेरमा साउदीकै मदिनामा निधन भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचनन गर्ने उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष खानले बताउनुभयो ।

मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । १८ जना बिरामीलाई फलफुल वितरण गरिएको म्याग्दी मुस्लीम सेवा समाज समितिका अञ्जित खानले जानकारी दिनुभयो । म्याग्दीमा करिब एक सय परिवार मुस्लिम समुदायको म्याग्दीमा बसोबास छ । बिरेन्द्र चोकबाट सुरु भएको झाँकी सहितको ¥याली बजार परिक्रममा गरी पुनः सोही ठाउँमा पुगेर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार