जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन
बुधवार, मंसिर ११ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजेको समयमा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
गम्भिर घाइते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध१ज२३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाइते भएका थिए ।
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…