जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

बेनी,बुधबार मंसिर ११ गते ।
मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजेको समयमा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।


गम्भिर घाइते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध१ज२३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार