विश्व कीर्तिमानी आरोही पुर्जालाई ७ लाख पुरस्कार सहित ‘नविल हिरो’ उपाधि

काठमाडौं ,आइतबार मंसिर १ गते । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । बैंकले पुर्जालाई ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो ।

नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल हिरो’ भएको उनको भनाइ थियो ।

पुर्जाले सबैभन्दा छोटो समय (७ महिना)मा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । ब्रिटिस सेनामा कार्यरत उनले हिमाल आरोहणकै लागि जागिर छोडेका छन् । उनी म्याग्दीका स्थायी वासिन्दा हुन् ।

साहका अनुसार, नविल बैंकले आगामी दिनहरुमा पनि यस उपाधिबाट अन्य विभिन्न विधाका ‘हिरो’हरुलाई खोजेर सम्मान गर्नेछ । अनलाइन खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार