निस्कोटमा रहेको एनसेल टावरमा आगजनी

बेनी, शनिबार पौष २६ गते । जिल्लाको मालिका गाउँपालिका -१ निस्कोट,स्थित चेपर्लीमा रहेको एनसेल टावलरमा आगजनी भएको छ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमा गएराती अज्ञात समुहद्धारा आगजनी भएको हो ।

सांकेतिक तस्बिर

राती १२ः४५ बजेको समयमा टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो । अज्ञात समूहले गरेको आगजनिबाट टावरका उपकरणहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जेनेरेटर, ब्याट्री र अन्य उपकरणमा क्षति पुगेको हो ।

स्थानीयबासीले रातीनै टावरमा आगजनी भएको जानकारी प्रहरीलाई गराएका थिए । इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरिक्षकको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा गएको छ । आगजनीपछि मालिका गाउँपालिकाको निस्कोट, रुम, बिम, दरवाङ, ओखरबोट, देविस्थानमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार