ग्रीन डेभलपमेन्ट बैंक,दरबाङ्ग शाखाद्धारा निस्कोटमा वित्तिय साक्षरता कार्यक्रम

बेनी,विहिबार माघ ९ गते ।
ग्रीन डेभलपमेन्ट बैंक ,दरबाङ्ग शाखाको निस्कोटमा घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको शाखाको आयोजनामा विहिबार सोही गाउँपालिका –१निस्कोट ,रिठ्ठेचौरबासीलाई बैंकिङ कारोबार र सेवासुविधाको बारेमा जानकारी गराइएको छ । ग्रामिण क्षेत्रमा वित्तिय पहुँच विस्तार गर्न र बैंकिङ कारोबारको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बैंकका शाखा प्रबन्धक हेमराज शर्माले जानकारी दिनुभयो ।

शाखा प्रबन्धक शर्माले भन्नुभयो ‘दुर्गम ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउन र स्थानीयबासीलाई वित्तिय तथा बैंकिङ कारोबार र सेवा, सुविधा तथा फाइदाका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ साक्षरता कार्यक्रम गाउँपालिकाको सात वटै वडामा संचालन गरिने शाखा प्रबन्धक शर्माले बताउनुभयो ।

कार्यक्रममा स्थानीयबासीहरुलाई बैंकिङ कारोबार ,बचत खाताका प्रकार ,मोबाइल बैंकिङ कारोबार तथा सेवा सुविधा र फाइदाका बारेमा जानकारी गराइएको शाखाका कर्जा बिभाग प्रमुख युवराज पुन मगरले जानकारी दिनुभयो । कास्की ,पोखरामा मुख्य कार्यालय रहेको बैंकको पाँच जिल्लामा ११ वटा शाखा रहेको छ । कार्यक्रममा न्यु लालि गुँरास आमा समुहकी अध्यक्ष तनदेबी पुर्जा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार