नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल

बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगरी मोना नेदरल्यान्डका अध्यक्ष जंगबहादुर पुन मगरले पनि नेशनलाई भोट गरिदिन अपील गर्नुभएको छ ।

नेशन पुन मगरको अपिल
देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण आमाबुबा ,दाजुभाइ ,दिदीबहिनी तथा सबै परिवारजनहरुमा म नेशन पुन मगरको तर्फबाट नमस्कार ,मिठो सम्झना अनि धेरै माया पनि !

यदि यहाँहरुलाई मेरो प्रस्तुति मन परेको छ भने मलाई धेरै भन्दा धेरै भोट गरेर साथ दिनुहोला । भोटिङको लागि नेपालमा बस्नुहुनेहरुले  E-Sewa डाउनलोड गर्न सक्नुहुनेछ ।र बिदेशमा हुनुहुने परिवारले Repsect and Rise मार्फत भोट गर्न सक्नुहुनेछ । नेपाल बस्नुहुनेहरुले मोबाइलको म्यासेज बक्स (Message Box) मा गएर NI08 टाईप गरि 37000 मा पठाउन सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार