मंगला गाउँपालिकामा प्रवासबाट आएका ८ जनालाई क्वारनेटाइनमा राखियो

म्याग्दी,आइतबार चैत १६ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण र रोकथामको लागि हालै प्रवासबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न सुरु गरेको छ ।

गाउँपालिकाले मंगला शिक्षा क्याम्पसको भवनमा बनाएकोे क्वारेनटाइनमा आइतवार ८ जनालाई राखिएको हो ।हालै प्रवासबाट आएका २७ जनाको तथ्यांक संकलन भएको र चैत २ गते यता आउने १० जनामध्ये २ जना होमक्वारेनटाइनमा बसेको र बाँकी ८ जनालाई गाउँपालिकाले स्थापना गरेको क्वारेनटाईनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

चैत २ गतेयता विदेशबाट आएकाहरुलाई अनिबार्य रुपमा क्वारेनटाइनमा राख्ने नीति अनुरुप उनीहरुलाइ क्वारेनटाइनमा राखिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको र क्वारेनटाइन क्षेत्रमा सुरक्षा बन्दोबस्त मिलाईएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । (कोभिड–१९ )कोरोना भाइरस रोकथामका लागि भारत, खाडी र युरोप लगायतका मुलुकबाट आएका व्यक्तिहरु कोरोनाबाट संक्रमित भएको हुनसक्ने भएकाले शंका र सन्त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई ज्वरो, रुघा, सुख्खा खोकी जस्ता कोरोनाका लक्षण देखिएमा थप उपचारको लागि बेनी अस्पतालको आइसोलेशनमा रिफर गरिने र नमुना परिक्षण गर्न काठमाडौ पठाइने छ । परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि काठमाडौ र नदेखिए घर पठाइने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार