कोरोना भाइरस : निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं,सोमबार चैत १७ गते । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो ।

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले उक्त जानकारी दिए ।क्लिकमान्डु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार