लकडाउनमा बढी मूल्यमा ग्याँस बेच्ने ब्यापारी पक्राउ

बेनी,शुक्रबार चैत २८ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री गर्ने जलजला गाउपालिका–३ वारीबेनीका एक जना ब्यापारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

वारीबेनीको शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मी (नारायण)लाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले नियन्त्रणमा लिएको हो । रेग्मीले एक हजार चार सय रुपैयाँ मूल्य तोकिएको भरि सिलीण्डर ग्याँस एक हजार सात सय रुपैयाँमा बिक्री गरेको समाचार बुधबार सार्वजनिक भएको थियो ।

रेग्मीलाई नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । दिप्सन मेटल स्टोर्सको बीलमा लकडाउन हस्ते भनेर बेचेको ग्याँसको मूल्य एक हजार सात सय रुपैया उल्लेख थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार