पाण्डे मेडिकलद्धारा नगरपालिकालाई एक लाख बढीको औषधी सहयोग

बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका स्थित न्युरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई औषधी सहयोग गरेको छ । पाण्डे मेडिकल हलले नगरपालिकालाई एक कार्यक्रमका विच शुक्रबार एक लाख सात हजार ४ सय रुपैयाँ मूल्य बराबरको औषधी सहयोग गरेको हो ।

पाण्डे मेडिकल हलका सञ्चालक प्रमोद महतो र बिजय अधिकारीले नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी, अधिकृत युवराज थापा, स्वास्थ्य शाखा संयोजक लीला गौतमलाई औषधी हस्तान्तरण गर्नुभएको थियो ।

विभिन्न रोगको उपचारमा प्रयोग हुने पाँच प्रकारका औषधी निशूल्क उपलब्ध गराएको हो । सहयोगदाता द्धय महतो र अधिकारीलाई मेयर श्रेष्ठले धन्यवाद दिंदै आगामी दिनमा पनि निरन्तर सहयोगको आशा व्यक्त गर्नुभयो ।

महामारी कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको जारी लकडाउनको कारण स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन र औषधीको पहुँच बाहिर रहेका बिरामीलाई सहज बनाउन सकियोस भनेर औषधी सहयोग गरिएको संचालक द्धयको भनाई छ ।
महतो र अधिकारीले यसअघि सुरक्षा निकाय, नगरपालिका, प्रशासन र पत्रकारहरुलाई कोरोनाबाट जोगिन प्रयोग गरिने मास्क र स्यानिटाइजर सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार