एम्बुलेन्स दुर्घटनामा बेपत्ता चालकको शव फेला

बेनी ,शनिबार जेठ १० गते ।
गत आइतबार म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटमा एम्बुलेन्स दुर्घटना हुँदा बेपत्ता चालकको शव फेला परेको छ । आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट पोखरा सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक थासाङ गाउँपालिका–४ का २१ बर्षिय सुजन विश्वकर्मा बेपत्ता हुनुभएको थियो ।

file photo

विश्वकर्माको शव शुक्रबार साँझ ७ बजेको समयमा पर्वतको जलजला गाउँपालिका–८ स्थित लस्तीमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बेनपा–९ गलेश्वरको दोभानमा बग्दै गरेको देखिएको सूचनाको आधारमा खोजीकार्य गर्दा पर्वतको लस्तीम भेटिएको हो । शव पोष्टमार्टमका लागि बेनी अस्पताल ल्याइएको छ । मृतक विश्वकर्माको शव आफन्त आएपछि पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार