स्याङजामा थप ३ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुग्यो

पोखरा ,विहिबार जेठ १५ गते । स्याङजामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा कोेरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टी भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित विरामीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार