मुख्य समाचार
रघुगंगा गाउँपालिका
राष्ट्रिय
समाचार
स्थानीय
झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण,अध्यक्ष भण्डारीद्धारा उद्घाटन
शुक्रवार, साउन २ गते
| म्याग्दी न्युज संवाददाता
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण गरिएको छ । रघुगंगा जलविद्युत आयोजनाको आर्थिक सहयोगमा करिब ७ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।स्थानीय उपभोक्ता मार्फत निर्माण गरिएको सो मोटरबाटोको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । जलविद्युत आयोजनाको करिब २०लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्ष भण्डारीको एक लाख ६३ हजार बराबरको मेशेनरी सहयोगमा करिब सात किलोमिटर सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर पुनले बताउनुभयो ।
जलविद्युत आयोजनालाई धन्यवाद व्यक्त गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले सडक निर्माणसंगै रघुगंगा नदीमा पुल निर्माण भएपछि झिँ बासीलाई गाउँपालिका केन्द्र सम्म जान थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सडक मर्मत तथा स्तरोन्नती गर्न गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले सबै वडाका बस्तीलाई गाउँपालिका केन्द्रसंग सडक सञ्जालले जोड्न सडक निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
भौगोलिक विकटता ,कडा चट्टान र अप्थ्यारा भुगोलका कारण सडक निर्माणमा कठिनाई हुने गरेको बताउनुभयो । आगमी आर्थिक बर्ष भित्रमा वडा नं ६ पाखापानी औलबाट गाउँपालिकाको केन्द्र सम्म जोड्न अर्को जलविद्युत आयोजना संग छलफल भइरहेको बताउनुभयो । ‘हामिले झिँबाट गाउँपालिकाको केन्द्र सम्म बाटो जोड्ने बचन दिएका थियौं आज त्यो पुरा भएको छ ,’–अध्यक्ष भण्डारीले भन्नुभयो ,‘आगमी आर्थिक बर्ष भित्रमा पाखापानी औलबाट ढाडखर्क सम्म सडक पु¥याउनका लागि अर्को जलविद्युत आयोजनासंग छलफल भइरहेको छ ,उहाँहरुले केही गर्ने बचन दिनुभएको छ । आयोजनाले नखने गाउँपालिकाले र यदी गाउँपालिकाको बजेटले पुगेन भनेपनी मैले ब्यक्तीगत रुपमा बाटो खनेर आगमी आर्थिक बर्षभित्रमा पाखापानी औलाबाट ढाडखर्क हुँदै गाउँपालिकाको केन्द्र सम्म सडक सञ्जालले जोड्ने बचन दिएको छु ।’ गत बर्ष गाउँपालिकाले कालोपत्रेका लागि झिँ–पाखापानी सडक सहित चार वटा सडक आयोजनाको डिपीआर तयार गरेको जानकारी दिनुभयो ।
उहाँले बेनी पाखापानी सडक अन्तर्गत झिँ सडक खण्डलाई कालोपत्रेका लागि संघिय सरकारबाट बजेट विनियोजन र गाउँपालिकाले पनि थप बजेट विनियोजन गरेको बताउनुभयो । गाउँपालिकाले भौगोलिक रुपमा दुर्गम ठाउँमा रहेका बस्तीहरुमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सामुदायीक स्वास्थ्य इकाई स्थापना गरेको उहाँको भनाई थियो । त्यसैगरी वडा नं ५ मा हाई अल्टीच्युट खेल मैदान निर्माणका लागि गाउँपालिकाले यो बर्ष एक करोड रुपैयाँ विनियोजन गरेको र आगमी बर्ष पनि थप बजेट विनियोजन गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
त्यसैगरी जलविद्युत आयोजनाका प्रवन्धक संचालक गणेश केसीले वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको आग्रह अनुसार सडक निर्माण गरिएको बताउनुभयो । रघुगंगा नदीमा निर्माणाधिन पुल आगमी तीन महिना भित्रमा सम्पन्न हुने जानकारी गराउनुहुँदै पुल निर्माण भएपछि झिँदेखी गाउँपालिकाको केन्द्र मौवाफाँट सम्म सिधा यातायात संचालनमा आउने बताउनुभयो । उहाँले सडक मर्मत तथा स्तरोन्नतीका लागि गाउँपालिकाले पनि थप बजेट विनियोजन गर्न आग्रह गर्नुभएको थियो । जलविद्युत आयोजनाले सडक निर्माण संगै वृक्षारोपण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सडक निर्माणका लागि जलविद्युत आयोजनालाई धन्यवाद व्यक्त गर्दै मर्मत तथा स्तरोन्नतीका लागि थप सहयोग गर्न आग्रह गर्नुुभयो । उहाँले वडा कार्यालयका लागि जग्गा खरिद गर्ने र गत बर्षका अधुरा योजनाहरुलाई निरन्तरता दिने बताउनुभयो ।
वडा अध्यक्ष मन बहादुर शेरपुन्जाले गाउँपालिकाको केन्द्र सम्म पुग्न घुमाउरो बाटो प्रयोग गर्नुपर्दा खर्चिलो र कठिनाई हुने गरेको बताउँदै सडक निर्माणसैगै पुल संचालनमा आए सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलको संचालन तथा कार्यपालिकाकी सदस्य रिती थजालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य ,सामुदायीक बन लगायतका प्रतिनिधिहरुले बोल्नुभएको थियो । कर्याक्रममा जलविद्युत आयोजनाका सहायक प्रवन्धक राजकुमार श्रेष्ठ,सहायक प्रशासकीय अधिकृत इन्जिनियर खेम भण्डारी र सुपरभाइजर नारायण सुवेदी ,वडा सचिव रेखा पाइजा लगायत विभिन्न संघसंस्थाको उपस्थिती रहेको थियो ।
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८…
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति…
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८…
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति…
झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको…