धवलागिरी गाउँपालिका मुख्य समाचार राष्ट्रिय

मराङ्ग पहिरो अपडेट ः करिब २१ जना बेपत्ता ,वडा कार्यालय भवन बगायो

बेनी ,शुक्रबार असार २६ गते ।
गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।
वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना , कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता भएका छन् ।

तस्बिर : इश्वर सुवेदी

निरन्तर परेको अविरल बर्षा ठाउँठाउँमा पहिराेले बाटाे अवरुद्ध भएकाे र टुवालोका कारण क्षतीको विवरण संकलनमा कठिनाई भएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा वडा कार्यालयको भवन सहित छ घर पहिरोले बगाएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा भने मानविय क्षती हुन नसकेको उहाँको भनाई छ । प्रहरी र नेपाली सेनाको टोली घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर…

thumbnail

गौस्वाराका युवा खड्काको संयोजनमा संकलीत रकम धौलागिरीका बाढी पीडितलाई सहयोग

बेनि । म्याग्दिको बेनि नगरपालिका २ गौंस्वारा लोक गायक हर्क खड्काको संयोजकत्वमा पहिरो प्रभावितका राहतका लागि रु १५ हजार आर्थिक सहयोग संकलन गरिएको छ । खड्का सहित गाउँका युवाहरु मिलेर गौँसरामा घरदैलो…

thumbnail

म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती…

Write a Reply or Comment