![](https://myagdinews.com/wp-content/uploads/2020/07/marang-.jpg)
बेनी ,शुक्रबार असार २६ गते ।
गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।
वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना , कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता भएका छन् ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/marang-.jpg)
निरन्तर परेको अविरल बर्षा ठाउँठाउँमा पहिराेले बाटाे अवरुद्ध भएकाे र टुवालोका कारण क्षतीको विवरण संकलनमा कठिनाई भएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा वडा कार्यालयको भवन सहित छ घर पहिरोले बगाएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा भने मानविय क्षती हुन नसकेको उहाँको भनाई छ । प्रहरी र नेपाली सेनाको टोली घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/83453827_1729691983852004_694457100073072976_n.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/07/106986137_1729708337183702_529470297545899387_n.jpg)