मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

अमित बिश्वकर्मा
बेनी ,मंगलबार असार २३ गते ।

म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु धुरीबाट करिब १ किलोमिटर अगाडी रहेको ठाउँमा प्रयोग भइरहेको पुरानो पाइप हटाइ जी आइ पाइप बिछ्याउन थालिएको हो ।

यस अघिनै मालीका मन्दिर परिसरमा टापुको धुरीमा रहेको मुलबाट कुइनेखानीका भरत छन्त्यालको सहयोगमा खानेपानी पु¥याइएको थियो । हिउँदको समयमा बर्षेनी आगलागी भइ पाइप जलेर समस्या हुँदै आएको करिब ७ सय मिटर क्षेत्रमा उक्त पाइप राखिने भएको हो । ठाडाखानीका बासिन्दाहरुको पहलमा चालु आबमा गाउँपालीकाबाट बिनियोजन भएको तीन लाख रुपैयाँको लागतमा पाइप खरिद गरिएको छ ।

पाइप बिछ्याउने कार्यमा भने ठाडाखानीबासीहरु श्रमदानमा जुटेका छन । गाउँबाट पाइप बोकेर टापुको धुरी हुँदै एक किलोमिटर अगाडी पु¥याई बिछ्याउन सुरु गरिएको श्रमदानमा जुट्नु भएका स्थानीय युवा प्रबिण छन्त्यालले बताउनुभयो । जोखिम क्षेत्रमा पक्की पाइप जडान गरेपछि मालीका मन्दिरमा नियमित रुपमा पानी आपुर्ती हुने छन्त्यालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार