अन्तराष्ट्रिय आर्थिक धवलागिरी गाउँपालिका मालिका गाउँपालिका स्थानीय

मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने

म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो ।

गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका धवलागिरी गाउँपालिका–६ ,मराङ्ग र मालिका गाउँपालिका–७ बिम लगायत अन्य ठाउँमा बाढीले बगाएर मृत्यु भएकाहरुप्रती दुख व्यक्त गर्दै पहिरोबाट विस्थापित पीडित परिवारलाई राहत वितरण गर्न तत्काल तीन लाख रुपैयाँ पठाउने निर्णय भएको महासचिव लालबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोपीडितहरुलाई राहत उपलब्ध गराउने उद्धेश्यले सहयोग संकलन अभियानलाई म्याग्दी समाज (मोना )युकेका विभिन्न गाउँपालिका समाजहरुबाट तिब्र रूपमा अगाडी बढाईने संस्थाको १२ जुलाई २०२० को कोब्रा र दोर्शो त्रैमासिक बैठकले पारित गरेको छ ।

महासचिव पुनले भन्नुभयो –‘जन्मभुमिमा भएको यस ठुलो मानविय तथा भौतिक क्षती प्रति मोना युकेको सम्पुर्ण परिवारको तर्फबाट गम्भिर दुख प्रकट गर्दछौं,‘दुखद घटनामा परेर मृत्यु भएकाहरु प्रति समवेदना प्रकट गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं । ’

पहिरो पीडितलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग संकलन गर्ने कार्य म्याग्दी समाज (मोना ) युकेका विभिन्न गाउँपालिका समाजहरुबाट तीब्र रुपमा अगाडी बढाइने जनाएको छ ।
साथै म्याग्दी समाज (मोना) युकेको आकस्मिक रुपमा बसेको बैठकले राहतका लागि सहयोग उठाउने गृहकार्य सुरु गर्ने र थप पुर्नवास तथा पुनस्र्थापनाका लागि मोना अन्तराष्ट्रियसंग मिलेर निकट भविष्यमा सामुहिक रुपमा आर्थिक सहयोग जुटाउने पनि निर्णय भएको जनाएको छ ।

म्याग्दी समाज (मोना) युकले जिल्लामा परेको बिपदको समयमा सबै एक भएर सहयोग गर्न र सहयोग संकलन अभियानमा लाग्न सबै सबैलाइ अपिल गरेको छ । पहिरोमा परेर मराङमा १९ जना ,बिममा ८ जनाको ज्यान गएको छ भने अझै दुखु खोलाले बगाएर एक महिला तथा मराङ पहिरोमा २ जना र बिम पहिरोमा परेर एक जना बेपत्ता छन् । जिल्ला भर विभिन्न ठाउँमा ८ सय ९६ बढी परिवार विस्थापित भएका छन् ।

सम्बन्धित समाचार

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

thumbnail

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको…

thumbnail

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे…

Write a Reply or Comment