मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने

म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो ।

गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका धवलागिरी गाउँपालिका–६ ,मराङ्ग र मालिका गाउँपालिका–७ बिम लगायत अन्य ठाउँमा बाढीले बगाएर मृत्यु भएकाहरुप्रती दुख व्यक्त गर्दै पहिरोबाट विस्थापित पीडित परिवारलाई राहत वितरण गर्न तत्काल तीन लाख रुपैयाँ पठाउने निर्णय भएको महासचिव लालबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोपीडितहरुलाई राहत उपलब्ध गराउने उद्धेश्यले सहयोग संकलन अभियानलाई म्याग्दी समाज (मोना )युकेका विभिन्न गाउँपालिका समाजहरुबाट तिब्र रूपमा अगाडी बढाईने संस्थाको १२ जुलाई २०२० को कोब्रा र दोर्शो त्रैमासिक बैठकले पारित गरेको छ ।

महासचिव पुनले भन्नुभयो –‘जन्मभुमिमा भएको यस ठुलो मानविय तथा भौतिक क्षती प्रति मोना युकेको सम्पुर्ण परिवारको तर्फबाट गम्भिर दुख प्रकट गर्दछौं,‘दुखद घटनामा परेर मृत्यु भएकाहरु प्रति समवेदना प्रकट गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं । ’

पहिरो पीडितलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग संकलन गर्ने कार्य म्याग्दी समाज (मोना ) युकेका विभिन्न गाउँपालिका समाजहरुबाट तीब्र रुपमा अगाडी बढाइने जनाएको छ ।
साथै म्याग्दी समाज (मोना) युकेको आकस्मिक रुपमा बसेको बैठकले राहतका लागि सहयोग उठाउने गृहकार्य सुरु गर्ने र थप पुर्नवास तथा पुनस्र्थापनाका लागि मोना अन्तराष्ट्रियसंग मिलेर निकट भविष्यमा सामुहिक रुपमा आर्थिक सहयोग जुटाउने पनि निर्णय भएको जनाएको छ ।

म्याग्दी समाज (मोना) युकले जिल्लामा परेको बिपदको समयमा सबै एक भएर सहयोग गर्न र सहयोग संकलन अभियानमा लाग्न सबै सबैलाइ अपिल गरेको छ । पहिरोमा परेर मराङमा १९ जना ,बिममा ८ जनाको ज्यान गएको छ भने अझै दुखु खोलाले बगाएर एक महिला तथा मराङ पहिरोमा २ जना र बिम पहिरोमा परेर एक जना बेपत्ता छन् । जिल्ला भर विभिन्न ठाउँमा ८ सय ९६ बढी परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार