घटना मुख्य समाचार राष्ट्रिय समाचार

सिन्धुपाल्चोकमा बाढीको वितण्डा :२२ जना बेपत्ता, ३२ घर बगायो

काठमाण्डौं ,विहिबार असार २५ गते ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।

तस्बिर : सामाजिक संजाल

बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् ।

तस्बिर : सामाजिक संजाल

त्यस्तै बाह्रबिसे नगरपालिका- ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी ११ वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । ujyaaloonline.comबाट साभार

सम्बन्धित समाचार

thumbnail

देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय…

thumbnail

विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास…

thumbnail

नेपालमा थपिए ४६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो

काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार योसंगै नेपालमा हालसम्म…

Write a Reply or Comment