बेनी नगरपालिका मुख्य समाचार म्याग्दी राष्ट्रिय समाचार समाज

मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधानीमा सरुवा र बालरोग अस्पताल सञ्चालन गरिसकेको जानकारी दिदै शिक्षण र क्यान्सर अस्पताल खोल्ने तयारीमा भएको बताउनुभयो ।

विपन्न नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन उनिहरुको यसै आर्थिक वर्षबाट स्वास्थ्य बिमाको ब्यवस्था गरेको मुख्य मन्त्री गुरुङ्गको भनाई थियो ।
‘गण्डकी प्रदेश सरकार जनताको सुरक्षाका लागि सबभन्दा महत्वपुर्ण काम ठान्दछ ,’–मुख्यमन्त्री गुरुङ्गले भन्नुभयो ,“स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सबै अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी, पूर्वाधारसँगै उपकरणको ब्यवस्था मिलाउन प्राथमिकता दिएका छौ,”

त्यसैगरी सामाजिक विकास मन्त्री नरदेवी पुनले बेनी, पर्वत र स्याङ्जा अस्पतालमा हेमो डायलाइसिस सेवा सुरु गरेको जानकारी गराउनुहुँदै मनाङ र मुस्ताङमा तीन÷तीन तथा प्रदेशका अन्य नौ जिल्लामा भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापना गरेर सेवा सुरु गर्न लागिएको बताउनुभयो ।

मन्त्री पुनले भन्नुभयो– ‘सेवा र सुबिधा विस्तार गर्दै जिल्ला अस्पतालहरुलाई नमुना अस्पताल बनाउने तयारी छ ।’ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सरकारी अस्पतालमै सेवा र सुबिधा उपलब्ध भएपछि नागरिकलाई राहत मिलेको बताउनुभयो ।

बेनी अस्पतालले सामाजिक विकास मन्त्रालयको सहयोगमा उपकरण र पुर्वाधार जुटाएर मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलाइसिस सेवा सुरु गरेको छ । पोखरा, बागलुङ, काठमाडौं, चितवन लगायतका जिल्लामा डायलाइसिस गर्न जानुपर्ने म्याग्दीका मृगौलापिडितको समस्या हटेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले चार वटा हेमो डायलाइसीस मेशिन उपलब्ध गराएको थियो । अस्पताल र स्वास्थ्यको कार्यालय रहेको भवनको भुईतलामा हेमो डायलासिस युनिट स्थापना गरिएको छ । सोका लागि प्रदेश सरकारले मेसिन बाहेक गत आवमा रु ३५ लाख उपलब्ध गराएको थियो ।

अस्टे«लीयामा रहेका म्याग्देलीको पहलमा दाताले दिएको दुई थान डाइलाइसिस मेसिन पनि छ । डायलाइसिस सेवा सञ्चालन गर्न डाक्टर सहित छ जना तालिमप्राप्त स्वास्थ्यकर्मी ब्यवस्था गरिएको अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीले बताउनुभयो । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग

म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको…

thumbnail

क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी…

Write a Reply or Comment