मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधानीमा सरुवा र बालरोग अस्पताल सञ्चालन गरिसकेको जानकारी दिदै शिक्षण र क्यान्सर अस्पताल खोल्ने तयारीमा भएको बताउनुभयो ।

विपन्न नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन उनिहरुको यसै आर्थिक वर्षबाट स्वास्थ्य बिमाको ब्यवस्था गरेको मुख्य मन्त्री गुरुङ्गको भनाई थियो ।
‘गण्डकी प्रदेश सरकार जनताको सुरक्षाका लागि सबभन्दा महत्वपुर्ण काम ठान्दछ ,’–मुख्यमन्त्री गुरुङ्गले भन्नुभयो ,“स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सबै अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी, पूर्वाधारसँगै उपकरणको ब्यवस्था मिलाउन प्राथमिकता दिएका छौ,”

त्यसैगरी सामाजिक विकास मन्त्री नरदेवी पुनले बेनी, पर्वत र स्याङ्जा अस्पतालमा हेमो डायलाइसिस सेवा सुरु गरेको जानकारी गराउनुहुँदै मनाङ र मुस्ताङमा तीन÷तीन तथा प्रदेशका अन्य नौ जिल्लामा भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापना गरेर सेवा सुरु गर्न लागिएको बताउनुभयो ।

मन्त्री पुनले भन्नुभयो– ‘सेवा र सुबिधा विस्तार गर्दै जिल्ला अस्पतालहरुलाई नमुना अस्पताल बनाउने तयारी छ ।’ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सरकारी अस्पतालमै सेवा र सुबिधा उपलब्ध भएपछि नागरिकलाई राहत मिलेको बताउनुभयो ।

बेनी अस्पतालले सामाजिक विकास मन्त्रालयको सहयोगमा उपकरण र पुर्वाधार जुटाएर मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलाइसिस सेवा सुरु गरेको छ । पोखरा, बागलुङ, काठमाडौं, चितवन लगायतका जिल्लामा डायलाइसिस गर्न जानुपर्ने म्याग्दीका मृगौलापिडितको समस्या हटेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले चार वटा हेमो डायलाइसीस मेशिन उपलब्ध गराएको थियो । अस्पताल र स्वास्थ्यको कार्यालय रहेको भवनको भुईतलामा हेमो डायलासिस युनिट स्थापना गरिएको छ । सोका लागि प्रदेश सरकारले मेसिन बाहेक गत आवमा रु ३५ लाख उपलब्ध गराएको थियो ।

अस्टे«लीयामा रहेका म्याग्देलीको पहलमा दाताले दिएको दुई थान डाइलाइसिस मेसिन पनि छ । डायलाइसिस सेवा सञ्चालन गर्न डाक्टर सहित छ जना तालिमप्राप्त स्वास्थ्यकर्मी ब्यवस्था गरिएको अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीले बताउनुभयो । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार