मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

सांसद यादवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् । कोरोनामुक्त भएर आफ्नो ‘प्राणभन्दा प्यारो’ जनताको सेवामा चाँडै फर्किने बाचा गर्दै उनले आव्हान गरेका छन्,‘आ–आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ ननिस्किन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु ।’

सांसद यादवले शुक्रबार मात्र प्रधानमन्त्रीलाई पत्र लेख्दै वीरगञ्जमा कोरोना संक्रमण बढेको अवथामा ५ सय शैय्याको अस्पताल, विज्ञ टोली पठाउन र समुदायमा जाँचको दायरा बढाउन माग गरेका थिए । उनले सीमामा आवत जावत रोक्न माग गरेका थिए ।नागरिकखबरबाट साभार

आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना…

Posted by Pradip Yadav / प्रदीप यादव on Friday, July 31, 2020

सम्बन्धित समाचार

thumbnail

गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही

कास्की । गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ । लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो…

thumbnail

सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने…

thumbnail

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको…

Write a Reply or Comment